दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत् २०६३ साल भाद्र २४ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।
(३) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र यो ऐनको उल्लंघन गरी कसूर गर्ने जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई यो ऐन लागू हुनेछ ।